ग्लोवल आइएमइ बैंकले एजीएमको दोस्रो दिन शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा
२७ कार्तिक २०८२, बिहीबार १३:०१

काठमाडौं । ग्लोवल आइएमइ बैंकले वार्षिक साधारणसभा गरेको भोलि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।
साधारणसभाले चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट पारित गरेसँगै बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइदिएको हो ।
१९ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१र८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश ९कर सहित० प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको थियो ।













