लघुवित्तमा ६२ लाख सदस्य र २७ लाख उद्यमी, ग्रामीण अर्थतन्त्र सशक्त बनाउँदै छौंः अध्यक्ष यादव

२८ कार्तिक २०८२, शुक्रबार १२:५३

काठमाडौँ । लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले ग्रामीण अर्थतन्त्र चलायमान बनाउन लघुवित्तले ठुलो भुमिका खेलेको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को छैठौँ साधारण सभामा बोल्दै उनले लघुवित्त वित्तीय संस्था नेपालको वित्तीय पहुँच, वित्तीय समावेशीता, महिला सशक्तिकरण, वित्तीय साक्षरता अभिवृद्धि र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन विशेष भूमिका खेल्दै बताएका हुन् ।

उनले भने, ‘लघुवित्त वित्तीय संस्था नेपालको वित्तीय पहुँच, वित्तीय समावेशीता, महिला शशक्तिकरण, वित्तीय साक्षरता अभिवृद्धि र ग्रामिण अर्थतन्त्रलाई चलयमान बनाउका लागि विशेष भुमिका खेलेको अवस्था छ । यसमा नेपालमा अहिले लघुवित्तको अवस्था हेर्ने हो भने ६२ लाख मान्छे यसमा जोडिएको अवस्था छ । २७ लाख मान्छेहरुले लघुवित्तबाट कर्जा लिएर सानो ब्यवसायहरु सुरु गरेको अवस्था छ । यो एउटा ठुलो क्षेत्र र व्यापक क्षेत्र हो । यस क्षेत्रलाई अझ व्यापक रुपमा विस्तार गर्नु पर्ने अवस्था छ ।’

उनले बैंकिङ क्षेत्रको ठुलो लगानीयोग्य रकम भए पनि अपेक्षा अनुरुप लगानी हुन नसकेको बताउँदै व्यवसायीक दृष्टिले लगानी वृद्धि हुनु आवश्यक रहेको बताए। साथै, ग्रामीण क्षेत्रमा पैसा पुग्न नपाएको मुख्य कारणलाई राष्ट बैंकको नीतिगत अवरोधमा जोड दिएका छन्। ‘ग्रामिण क्षेत्रमा कर्जा जानका लागि नीतिगत सुधारको आवश्यक छ । नीतिगत सुधार भएको खण्डमा हामीसँग थुप्रिएर रहेको लगानीयोग्य रकम ग्रामिण क्षेत्र तिर लगेर ब्यवसायीकरणमा लैजान सक्छौं ‘ यादवले भने ।

यादवले माइक्रोफाइनान्समार्फत २०–२५ लाखसम्म लगानी योग्य रकम ग्रामीण क्षेत्रमा पुर्‍याउने बाटो खुला गर्न आवश्यक रहेको तर्क राखे । उनले भने, ‘बिनाधितो ७ लाखसम्म कर्जा दिनु ठीक छ, तर धितोमा लगानी गर्न कम्तिमा १५ लाखसम्मको व्यवस्था आवश्यक छ।’ उनले ग्रामीण क्षेत्रमा लगानी बढाउन नीतिगत सुधार अनिवार्य रहेको जोड दिएका छन्।

अध्यक्ष यादवले लघुवित्तलाई थप सशक्त बनाए कृषि व्यवसायीकरणमा केन्द्रित हुनुपर्ने र कृषिलाई बीमासँग जोड्नु आवश्यक रहेको बताए। उनले ग्रामिण क्षेत्रमा गाई–भैसी पालन गर्ने किसानका लागि बीमा सेवा पुर्‍याउनुपर्नेमा जोड दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*