नेरुडे मिर्मिरे लघुवित्तको जोखिम व्यवस्थापन तालिम बर्दिबासमा सम्पन्न

३० कार्तिक २०८२, आईतवार १३:५६

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मधेश प्रदेश कार्यालय अन्तर्गतका शाखाहरुको कार्तिक २८ र २९ गते गरि २ दिने जोखिम व्यवस्थापन तथा व्यवसाय प्रबर्द्धन तालिम कार्यक्रम सफल पुर्वक सम्पन्न गरेको छ ।

कार्तिक २८ र २९ गते संचालन गरिएको उक्त कार्यक्रममा वित्तीय संस्थाका सहायक कार्यकारी प्रमुख दिनेश कटुवाल मुख्य प्रशिक्षकका रुपमा रहेका थिए । साथै, असुली तथा जोखिम व्यवस्थापन विभाग प्रमुख वेद प्रसाद आचार्य र मधेश प्रदेश प्रादेशिक कार्यालय प्रमुख विक्रम शाह समेतको सहजीकरण रहेको उक्त तालिम कार्यक्रममा वित्तीय संस्था मधेश प्रदेश कार्यालय मातहतका ढल्केबर, बर्दिबास र हरिवन क्लष्टर अन्तर्गतका २७ वटा शाखाहरुमा कार्यरत ४५ जना फिल्ड कर्मचारीहरुको सहभागिता रहेको थियो।

उक्त तालिम कार्यक्रममा वित्तीय संस्थाको वर्तमान जोखिम न्यूनीकरणका लागि अवलम्बन गरिएको आवधिक रणनीति कार्यान्वयन, प्रभावकारी जोखिम व्यवस्थापन एवं आ.व. २०८२र०८३ को लागि वित्तीय संस्थाले निर्धारण व्यवसायिक लक्ष्य बमोजिम व्यवसाय प्रबर्द्धन सम्बन्धनमा मुख्य रुपले केन्द्रित प्रशिक्षकहरुले तालिम सहजीकरण गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*