लक्ष्मी सनराइज बैंकद्वारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव

१ मंसिर २०८२, सोमबार १०:१४

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ।

बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिने कम्पनी सचिव पियुष राज अर्यालले जानकारी दिएका छन्।

1763350628584

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*