राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरको कति हुन्छ तलब भत्ता? बोर्ड बैठकको प्रतिदिन भत्ता ९०००

१ मंसिर २०८२, सोमबार १९:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलको तलब २ लाख ५० हजार रुपैयाँ रहेको छ ।

उनले बोर्डको बैठकको भत्ता वापत १ लाख १७ हजार रुपैयाँ अन्य सुविधावापत ३ लाख १६ हजार ५ सय ३८ रुपैयाँ पाउने गरेका छन् ।

गभर्नर पौडेलले आर्थिक बर्ष २०८१र८२ को जेठ ७ गतेदेखि कार्यभार सम्हालेका हुन् । उनले गत बर्ष दुई महिनाको तलब र भत्ता वापत ६ लाख ८३ हजार ६ सय ३ रुपैयाँ रकम बुझेका छन् ।

केन्द्रिय बैंकको बोर्डका सदस्यहरूले प्रति बैठक ९ हजार रुपैयाँ बैठक भत्ता रहेको छ। यसका साथै, कार्यकारी बोर्डका सदस्यहरूले विभिन्न भत्ताहरू सहित तलब पाउँछन्।

सबै बोर्ड सदस्यहरूले इन्धन, सवारी साधन मर्मत, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट, चालक सेवाहरू, र चिकित्सा सुविधाहरू लगायतका सुविधाहरूको पनि पाउदै आईरहेका छन् ।

केन्द्रिय बैंककी डेपुटी गभर्नर निलम ढुङ्गानाको बार्षिक तलब १४ लाख ६० हजार ४ सय रुपैयाँ बुझेकी छिन् ।

डेपुटी गभर्नर निलम ढुङ्गानाले ३ लाख ६९ हजार रुपैयाँ बोर्डमार्फत भत्ता बुझेकि छिन् भने अन्य सुविधामार्फत ४६ लाख रुपैयाँ गरी कुल ६४ लाख ३८ हजार रुपैयाँ बुझेका छन् ।

त्यस्तै, राष्ट्र बैंकका अर्को डेपुटी गभर्नर बम बहादु्र मिश्रले १४ लाख ६० हजार ४ सय रुपैयाँ तलब बुझेका छन् । ४३ लाख ४७ हजार ७ सय ३८९ रुपैयाँ बोर्डमार्फत भत्ता बुझेका छन् भने अन्य सुविधामार्फत ४३ लाख ४७ हजार रुपैयाँ गरी कुल ६१ लाख ८६ हजार रुपैयाा बुझेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*