नबिल बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न बोर्डको स्वीकृति
५ मंसिर २०८२, शुक्रबार १३:४८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ‘८% नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न स्वीकृति दिएको छ।
बैंकलाई आज मंसिर ५ गते बोर्डले शेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो। यस अन्तर्गत प्रतिकित्ता १०० रुपैयाँका दरले (परिपत्र विधिबा बिक्री हुने) कुल ५ करोड कित्ता शेयर निष्कासनमा आउनेछ।
यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटडले गर्नेछ भने लाभांश दर ८ प्रतिशत रहेको छ।













