मितेरी डेभलपमेन्ट बैंकको सञ्चालकमा ३ जना निर्बिरोध निर्वाचित

७ मंसिर २०८२, आईतवार ११:०५

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा तीन जना शेयरधनी नियुक्त भएका छन् । बैंकको मंसिर ६ गते सम्पन्न भएको २०औं वार्षिक साधारणसभाले शम्भु प्रसाद श्रेष्ठ, बन्दना बैद्य र सुमित कुमार अग्रवाललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो ।

बैंकका कम्पनी सचिव अनन्त कुमार चापागाईका अनुसार निर्विरोध निर्वाचित भएका सर्वसाधारण समुहका सञ्चालकहरुलाई आगामी चार वर्षको लागि चयन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*