आइसिएफसि फाइनान्सद्वारा साधारण सभा आव्हान, लाभांश पारित मुख्य एजेण्डा

८ मंसिर २०८२, सोमबार १०:२५

काठमाडौँ । आइसिएफसि फाइनान्स लिमिटेडले मंसिर २९ गते साधारण सभा बोलाएको छ । सभा बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा बिहान १० बजे शुरु हुने गरी २२ औँ वार्षिक साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशेधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले मंसिर १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*