राष्ट्र बैंकद्धारा दुई कम्पनीको लाइसेन्स खारेज

८ मंसिर २०८२, सोमबार १७:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा मनीचेञ्जरको अनुमति पत्र खारेज गरेको छ । केन्द्रीय बैंकले समयमा अनुमति पत्र नवीकरण नगरेपछि लर्ड बुद्ध र स्तुपा मनीचेञ्जरको अनुमति खारेज गरेको छ ।

केन्द्रीय बैंकले सुन्धारा काठमाडौं ठेगाना भएका लर्ड बुद्ध मनी एक्स्चेञ्ज र स्तुपा मनी चेञ्जरको अनुमति खारेज गरेको हो ।

कारोबार गर्न अनुमति पाएकाहरूलाई मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप–विनियम ९३० अनुसार अनुमतिपत्र नवीकरण नगरेकाले आवश्यक निर्णय गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

नियमावलीको व्यवस्था अनुसार म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गर्न नसकेकाले इजाजतपत्र रद्द गर्ने व्यवस्था अनुसार बैंकले अनुमति खारेज गर्ने निर्णय गरेको हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*