बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो, प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट सुरु गरेको छ । प्रणालीगत महत्त्पूर्ण बैंकहरूको छनोटका लागि मादण्ड बनाइ छनोट प्रक्रिया सुरु भएको हो ।
केन्द्रीय बैंकले सोमबार फ्रेमवर्क २०२५ लागु गर्दै प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट र ती बैंकहरूले पालना गर्नुपर्ने मापदण्ड तोकेको छ ।
सन् २००८ को विश्व वित्तीय संकटबाट सिकेका पाठ र बासेल कमिटी अन बैंकिङ सुपरभिजनका असल मापदण्डसँग मेल खाने गरी यो फ्रेमवर्क तयार गरिएको राष्ट्र बैंकले जनाएको छ
कुनै पनि बैंक ‘टु बिग टु फेल’ नहोस् भन्ने उद्देश्यले प्रणालीगत जोखिम नियन्त्रणमा फ्रेमवर्क केन्द्रित गरिएको केन्द्रिय बैंकले जनाएका छ ।
फ्रेमवर्कले प्रणालीगत महत्त्वपूर्ण बैंकको पहिचान, प्रणालीगत जोखिम न्यूनीकरण, ठूलो तथा आपसमा अत्यधिक जोडिएका बैंकहरूको स्थायित्व वृद्धि, र अनुपातिक तथा जोखिम–आधारित सुपरीवेक्षण सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
प्रणालीगत महत्वपूर्ण बैंकको पहिचान सूचक–आधारित विधिबाट गरिने फ्रेमवर्कमा उल्लेख छ । फ्रेमवर्क अनुसार प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट गर्दा ४ संस्थाको आकारको भार ४० प्रतिशत हुनेछ भने इन्टरकनेक्टेडनेसको भार ३० प्रतिशत हुने छ ।
त्यसैगरी स्थायित्वको भार १५ प्रतिशत र कम्प्लेक्सीटीको १५ प्रतिशत भार रहने फ्रेमवर्कमा उल्लेख छ । यी सूचकहरूले बैंकको कुल एक्स्पोजर, वित्तीय क्षेत्रभित्रको सम्पत्ति÷दायित्व, भुक्तानी प्रणालीमा भूमिका, ट्रेडिङ गतिविधि तथा सीमा–पार कारोबारलाई स्पष्ट पार्ने पौडेलले बताए ।
प्राप्त प्रणालीगत स्कोरका आधारमा केन्द्रीय बैंकले ०.२० देखि १ प्रतिशतसम्मको ‘हाइअर लस एब्जरबेन्सी’ पूँजी थप गर्न सक्नेछ । यसरी थप गरिएको पूँजी २०८३ पुसदेखि लागु हुनेछ ।













