डिप्रोक्स लघुवित्तद्वारा डिसीईओ माग
१० मंसिर २०८२, बुधबार १३:१२

काठमाडौं । डिप्रोक्स लघुवित्ते नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै आगामी चार वर्ष कार्यकालको लागि नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको हो ।
यसका लागि स्नात्तकोतर तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापकीय तह श्रेणीमा ७ बर्षको अनुभव भएको वा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापकीय तह श्रेणीमा १० वर्षको अनुभव हासिल गरेका व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ ।
दरखास्त दिने अन्तिम मितिमा ४० वर्ष पुरा भई ५८ वर्ष ननाघेको हुनु सूचनामा उल्लेख गरिएको छ ।













