आज ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कुनको कति?

काठमाडौं । आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरूले कृषि विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सर्वोत्तम सिमेन्ट, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश पाउनेछन्।
कृषि विकास बैंकले चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस शेयर, ९.७५ प्रतिशत नगद लाभांश (कर समेत) र अविमोच्य असंचिति अग्राधिकार शेयरधनीलाई कर सहित ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। यो प्रस्ताव पारितका लागि मंसिर २९ गते भक्तपुरको बोडेस्थित बैंकको आफ्नै केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेदेखि १९औं वार्षिक साधारणसभा बस्दैछ।
शाइन रेसुङ्गा बैंकले चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्नेछ। यो प्रस्ताव पारितका लागि मंसिर २६ गते रुपन्देहीको बुटवलस्थित होटल सेफ्रेन सि.के प्रा.लि. मा दिउँसो साढे १२ बजेदेखि १७औं वार्षिक साधारणसभा बस्दैछ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको घोषणा गरेको छ। यो लाभांश पारित गर्नका लागि मंसिर २३ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि ७औं वार्षिक साधारणसभा बस्दैछ।
सर्वाेत्तम सिमेन्टले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नेछ। यो प्रस्ताव पारित गर्न मंसिर २६ गते रुपन्देहीको भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बिहान ११ बजेदेखि ७औं वार्षिक साधारणसभा बस्नेछ।
वरुण हाइड्रोपावरले चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर समेत) विरणको प्रस्ताव गरेको छ। प्रस्ताव पारितका लागि काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजेदेखि २२औं वार्षिक साधारणसभा बोलाएको छ।
ङादी ग्रुप पावरले चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने जनाएको छ। यसका लागि मंसिर २५ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजेदेखि १२औं वार्षिक साधारणसभा बस्नेछ।













