ग्रीन डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

११ मंसिर २०८२, बिहीबार ०९:५७

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ५६ करोड ९६ लाख ९८ हजार ५०० रुपैयाँको ८.०३९६ प्रतिशत बोनस शेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ८.४६२७४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने १३औं वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव हरि बहादुर बुढाथोकीले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*