लाइसेन्स पाएकै दिन रोशन दंगालद्वारा ४६ लाख बढी बीमाशुल्क सङ्कलन

१२ मंसिर २०८२, शुक्रबार १२:५६

काठमाडौं।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, बिर्तामोड शाखामा कार्यरत रोशन दंगालले नेपाल बीमा प्राधिकरणबाट ईजाजतपत्र प्राप्त गरेकै दिन उल्लेख्य सफलता हात पारेका छन्। दंगालले बीमा अभिकर्ता परीक्षा उत्तीर्ण गरी इजाजत प्राप्त गरेकै दिन ४६ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क रकम सङ्कलन गरी आफ्नो पेशागत क्षमताको उत्कृष्ट परिचय दिएका छन्।

बीमा क्षेत्रमा नयाँ उचाइ हासिल गर्न सफल दंगालको यस उपलब्धिले शाखाको प्रतिष्ठा मात्र बढाएको छैन बीमा क्षेत्रमा काम गर्ने हजारौं अभिकर्ता को हिम्मत वृद्धि हुँदै बीमा क्षेत्रप्रति सकारात्मक सन्देश प्रवाह भएको छ। छोटो समयमै यति ठूलो बीमितहरूको साथ र समर्थन लिन सक्नु उहाँको मेहनत, प्रतिबद्धता र सेवा मनोवृत्तिको प्रमाण मानिएको छ।

एन आर आर एन कंक्रिट उद्योग प्रा।ली का अध्यक्ष तथा सञ्चालक समेत रहेका कुशल व्यवसायी बुबा नारायण प्रसाद दंगाल को अभिभावकत्व र प्रेरणाले आज यो सब सम्भव भएको रोशन बताउँछन्। बीमा क्षेत्रमा उदयमान युवा प्रतिभाको रूपमा रोशन दंगालले आगामी दिनहरूमा अझै प्रभावकारी सेवा प्रदान गर्दै सबै परिवारलाई बीमा सुरक्षा घेराभित्र राखी वित्तीय सुरक्षा प्रदान गर्ने दंगालको लक्ष्य रहेको समेत बताएका छन्।

हरेक सूचकहरूमा अब्बल देशकै ठूलो जीवन विमा कम्पनी नेपाल लाईफ इन्सुयोरेन्स कम्पनी ले आफ्ना ग्राहकहरूका लागि दिइने सेवा छिटो छरितो र बिमितले पाउने राम्रो प्रतिफलले गर्दा लाखौं ग्राहकहरूको रोजाईमा नेपाललाई पर्ने गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*