आरएसडीसी लघुवित्तको १२औं वार्षिक साधारण सभा सम्पन्न

१२ मंसिर २०८२, शुक्रबार १४:५२

काठमाडौँ । आरएसडीसी लघुवित्तको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा रुपन्देहीको वुटवलस्थित वेष्टर्न एसियन होटल प्रालि मा बिहान सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको हो ।

त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्य कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको हो ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले कात्तिक २५ गते बुक क्लोज गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*