विजय लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति
१४ मंसिर २०८२, आईतवार १६:४५

काठमाडौं । विजय लघुवित्तले एफपीओ निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज मङ्सिर १४ गते कम्पनीलाई एफपीओ निष्काशनको अनुमति दिएको हो।
बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गर्ने छ।
शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।













