प्रभु बैंकमा मध्यरातमा संचालक समितिको बैठक, कामु सिईओको जिम्मेवारीमा लम्साल

१४ मंसिर २०८२, आईतवार २२:४०

काठमाडौं । प्रभु बैंकमा सिइओसहित उच्च अधिकारी प्रकाउ परेसँगै बैंकले मध्यरातमा संचालक समितिको बैठक डाकेर कामु सिईओ नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंक साँझ ९ बजे बसेको बैठकले कामू प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंकका उच्च अधिकारीहरु प्रकाउ परेसँगै बैंकको नियमित काममा कुनै प्रभाव नपरेस् भन्ने हेतुका साथ बैंकले अकस्मात बोर्डको बैठक डाकेर कामु सिईओको रुपमा लम्साललाई नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*