मौद्रिक नीतिले दियो लघुवित्त क्षेत्रलाई राहत, के भयो नीतिगत परिवर्तन ?
१५ मंसिर २०८२, सोमबार ११:०६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई ठुलो राहत प्रदान गरेको छ । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक मौद्रिनीतिको समिक्षा सार्वजनिक गर्दै केन्द्रिय बैंकले लघुवित्तले नीतिगत सुधार गरेको हो ।
लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख कायम गरेको छ ।
लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।













