राष्ट्र बैंकको नीतिगत दर समायोजन कार्यान्वयनमा
१६ मंसिर २०८२, मंगलवार १७:५६

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दरहरूमा समायोजन गरेको छ।
सोमबार मौद्रिक नीतिको प्रथम त्रैमास समिक्षा उल्लेख गरे अनुसार बैंकले मंगबार एकीकृत निर्देशनमा संशोधन गर्दै बैंकदर ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत पुर्याएको छ। यसैगरी स्थायी तरलता सुविधा दर पनि ६ प्रतिशतबाट ५.७५ प्रतिशत र नीतिगत दर ४.५ प्रतिशतबाट ४.२५ प्रतिशत कायम गरिएको छ।













