लघुवित्तमार्फत धितो कर्जा १५ लाखसम्म पाउने विषय कार्यान्वयनमा, यस्तो छ राष्ट्र बैंकको निर्देशन

१६ मंसिर २०८२, मंगलवार १८:०५

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख कायम गर्ने निर्णण कार्यान्वयनमा आएको छ ।

सोमबार मौद्रिक नीतिको प्रथम त्रैमास समिक्षा उल्लेख गरे अनुसार बैंकले मंगबार एकीकृत निर्देशनमा संशोधन गर्दै उक्त कर्जाको विषय कार्यान्वयनमा ल्याएको छ ।

निर्देशनमा भनिएको छ, ‘विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका व्यक्तिहरुलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाइ प्रतिव्यक्ति बढीमा रु.१५ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सकिनेछ । समूहमा आवद्ध भएको सदस्यलाइ एकै अवधिमा समूह कर्जा वा धितो कर्जा मध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न सकिनेछ ।’

Circular-3-for-MFIs-1

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*