सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने आकाश क्लवमा छनौट

१७ मंसिर २०८२, बुधबार १७:४७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी चिफ एजेन्सी म्यानेजर नमिता न्यौपाने चालु आर्थिक वर्षको आकाश क्लवमा छनौट भएकी छिन् । कम्पनीले उक्त क्लवमा समावेश हुन तोकीएको व्यवसायीक लक्ष्य पुरा गर्दै न्यौपाने छनौट भएकी हुन् ।

पटक–पटक एमडीआरटी–टीओटी सम्मको यात्रा पार गर्न सफल भएकी न्यौपाने कम्पनीको सर्वोत्कृष्ठ आकाश क्लव बिजेता र कम्पनीको व्यक्तिगत र सामुहिक कोडमा सर्वाधिक व्यवसाय गर्न सफल महिला हुन् ।

जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी विराटनगरकी समाजसेवी नमिता न्यौपानेले छोटो अवधीमा नै आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा परिचय बनाउन सफल भएकिछिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*