डेढ सय कर्मचारीको बढुवा गर्दै राष्ट्र बैंक, पुस १० भित्र आवेदन दिनुपर्ने

१९ मंसिर २०८२, शुक्रबार १०:३३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले करिब डेढ सय कर्मचारीको बढुवा प्रक्रिया अघि बढाएको छ। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागका अनुसार कार्यक्षमता मूल्यांकन तथा आन्तरिक प्रतिस्पर्धा—दुवै विधिबाट यसपटक ठूलो संख्यामा बढुवा गर्न लागिएको हो।

विभागले बढुवाका सम्भावित उम्मेदवारलाई पुस १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सूचित गरेको छ। आवेदन राष्ट्र बैंकको वेबसाइटबाट भर्न सकिने छ। आन्तरिक प्रतिस्पर्धा अन्तर्गतको लिखित परीक्षा लोक सेवा आयोगले संचालन गर्नेछ।

बढुवाको विवरण अनुसार प्रशासनतर्फ निर्देशकमा ८ जना, उपनिर्देशकमा २० जना, सहायक निर्देशकमा १३ जना, प्रधान सहायकमा ४५ जना र सहायकमा ४ जना कार्यक्षमता मूल्यांकनमार्फत बढुवा हुनेछन्। प्राविधिकतर्फ १ जना चालक सुपरभाइजर र १ जना सहायक निर्देशक (प्रेस) को बढुवा हुनेछ।

यस्तै, आन्तरिक प्रतिस्पर्धाबाट निर्देशकमा ४ जना, उपनिर्देशकमा ८ जना, सहायक निर्देशकमा १२ जना, प्रधान सहायकमा ३१ जना र सहायकमा ३ जनाको बढुवा हुने जनाएको छ।

यससँगै राष्ट्र बैंकले खुला प्रतिस्पर्धाबाट ७६ जना नयाँ कर्मचारी माग गर्दै रिक्त पदपूर्तिको प्रक्रिया पनि सुरु गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*