बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नै कार्यान्वयन गर्दैनन् संघको निर्णय

काठमाडौं । बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नै बैंकर्स संघको नियम कार्यान्वयन नगरेको पाइएको छ । नेपाल भ्यालुयर्स एशोसियसनका अनुसार संघका अध्यक्ष आफै सिइओ रहेकाे माछापुच्छ्रे बैंकमा संघसँग गरिएकाे निर्णय कार्यान्वयन नगरी उलङ्घन गरिईकाे हाे । साथै एशाेसिएशनले माछापुच्छ्रे बैंकभित्र अनियमितता भेटिएको भन्दै ध्यानाकर्षण गराएको छ ।
नेपाल भ्यालुयर्स एशोसियसनले माछापुच्छ्रे बैंकका बैकलाई सम्बाेधन गरि लेखेकाे पत्रमा बैकर्स संघसँग भएकाे सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।
विगत लामो समयदेखि एशोसियसनले मूल्याङ्कनकर्ता इन्जिनियरहरुको विभिन्न समस्या समाधानको लागि आग्रह गर्दा पनि समस्याहरु यथावत रहिरहेकोले समस्या समाधानतर्फ यहाँको ध्यानाकर्षण गर्न आग्रह गरेको छ।
एशोसियसनले नेपाल बैंकर्स संघ र नेपाल भ्यालुयर्स एशोसियसन बीच भएको सहमति हुबहु लागु गर्न आग्रह गरेको छ । हालसम्म आफै बैेंकर्स संघको अध्यक्ष भएपनि सिईओ सन्ताेष काेईराला आफैले नियम उल्लंघन गरेको भन्दै यसतर्फ ध्यानाकर्षण गराएको छ ।
साथै विगत लामो समयदेखि मूल्याङ्कनकर्ताको सुचीमा नरहेकाहरुको धरौटि रकम तत्काल फिर्ता गरिदिन र मूल्याङ्कनकर्ता इन्जिनियरहरुलाई मानसिक तनाव दिने र पत्र काट्ने कार्य तत्काल बन्द गर्न समेत आग्रह गरेको छ ।
मूल्याङ्कन पारिश्रमिक शुल्क लागू गर्न अनगिन्ती मूल्याङ्कनकर्ता इन्जिनियर सुचिकृत गर्ने तर लागू गर्न समेत आग्रह गरेको छ ।
बर्षौंसम्म पनि काम नदिने परिपाटि तुरुन्त बन्द गर्न र सम्पुर्ण मूल्याङ्कन सम्बन्धी कार्यादेश आलो पालो प्रणाली मार्फत मात्र जारी गर्न ध्यानाकर्षण गराएको छ ।
शैक्षिक कर्जाको नाममा गरिने अनधिकृत मूल्याङ्कन गर्ने कार्य बन्द गर्न समेत एशोशियसनले माग गरेको छ ।













