धौलागिरी लघुवित्तको सीईओमा जोशी नियुक्त, वैदेशिक मोह त्यागेर फर्किएका थिए स्वदेश

२१ मंसिर २०८२, आईतवार ११:०१

काठमाडौं । बाग्लुङ केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बैंकर शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको गत शुक्रबार पोखरामा बसेको बैठकले ४ वर्षका लागि जोशीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

२०६३ चैत्रबाट छिमेक लघुवित्तमा फिल्ड सहायकबाट लघुवित्त सेवामा प्रवेश गरेका जोशीले २०६६ मा मुक्तिनाथ विकास बैङ्कको लघुवित्त विभागमा र २०६७ देखि २०७५ साउन २ गतेसम्म तत्कालीन ओम डेभलपमेन्ट बैङ्कको लघुवित्त विभागमा प्रमुख भई कार्य गरेका जोशीले २०७५ श्रावण देखि २०७६ मंसिर २२ सम्म कालिका लघुवित्त वित्तीय संस्थाको सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए। उनी धौलागिरी लघुवित्तमा २०७६ मंसिर २५ गतेदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रही २०८१ मंसिर १७ गते बाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए ।

करिब २ दशक लामो समय लघुवित्त क्षेत्रमा कार्यरत रहेका उनी एक अनुभवी बैंकर हुन । उनी प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दा नियामकीय निर्देशनहरूको अधीनमा रही धौलागिरी लघुवित्तका सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने र शेयर होल्डरहरूलाई यथोचित प्रतिफल प्रदान गर्ने विश्वास सञ्चालक समितिले लिएको छ ।

नियुक्ति पश्चात जोशीले मुलुककै पुरानो, प्रतिष्ठित मध्येको एक लघुवित्त संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिंदा गर्व र दायित्वबोध दुवै महसूस भएको बताए । उनले आफ्नो कार्यकालमा लघुवित्तको सन्तुलित व्यापार विस्तार, थप सुदृढ ग्राहक सेवा र सुविधाहरू, नयाँ र सुरक्षित प्रविधियुक्त बैङ्किङका सेवा प्रदान गर्दै लगानीकर्तालाई उचित प्रतिफलका साथै बजारमा लघुवित्तको सम्मानजनक उपस्थितलाई अझ मजबुत बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

उनले धौलागिरी लघुवित्तको ब्रान्ड, नेटवर्क र सशक्त बजार हिस्सा बढाउन आफूले प्रयत्न गर्ने बताए । लघुवित्तमा कर्जा व्यवस्थापन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन र मर्जर व्यवस्थापन लगायत समग्र लघुवित्तको कार्यकारिणी तहमा काम गरिसकेका जोशी एक अब्बल बैङ्करका रूपमा परिचित छन् ।

1765080053095

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*