प्रहरीको छापा: ५७ लाख नगदसहित हुन्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ
२२ मंसिर २०८२, सोमबार १८:०८

काठमाडौँ । काठमाडौंको कुलेश्वरबाट प्रहरीले ५७ लाख ४७ हजार नगदसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध–९ का ३४ वर्षिय सरोज श्रेष्ठ रहेका छन्।
उनीलाई हुन्डी कारोबारको सूचनाका आधारमा शनिबार नियन्त्रणमा लिइएको हो। पक्राउ परेका श्रेष्ठमाथि हुन्डीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान गर्ने तयारी गरेको जनाएको छ।













