सिजी फुड्समा करेन्ट लागेर एक जना मजदुर घाइते
२३ मंसिर २०८२, मंगलवार १७:१८

काठमाडौँ । देबचुली नगरपालिका–२ स्थित सिजी फुड्स प्रालिमा मंगलबार विहान भएको एक दुर्घटनामा एक मजदुर गम्भीर रूपमा घाइते भएका छन्। स्टिम पाइपलाइन निर्माण/मर्मत कार्य चलिरहेको क्रममा हाइटेन्सनको तारसँग स्पर्श हुँदा दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनामा पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ का २६ वर्षीय सन्दिप महतो घाइते भएका छन्। उच्च भोल्टेजको करेन्ट लागेर उनका शरीरको करिब ३५ प्रतिशत भाग जलेको प्रारम्भिक चिकित्सा विवरणमा उल्लेख गरिएको छ।
घाइते महतोलाई तत्काल उद्धार गरी उपचारका लागि चितवनस्थित सरकारी अस्पताल, भरतपुर लगिएको छ।













