सहकारीबाट सरिता खत्रीको यूटर्न, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह

मानिसको जीवनमा असीमित चाहाना हुन्छन् र उतार–चढाव आउँछन्। जिन्दगीको यात्रा सधै सरल हुँदैन र सधैं असहज पनि हुँदैन। अनगिन्ती अप्ठ्यारा घुम्तीहरू पार गर्दै जीवनको लय अघि बढ्दै जान्छ। हजारौं समस्या र बाधा अड्चनको औषधि बनेको छ सरिता खत्रीको लागि जीवन बीमा व्यवसाय।
कुनै समय सहकारी संस्था र खुद्रा पसलको कामले सयम र दुःख निकै नै दिएको थियो तर सोचे जस्तो आम्दानी र सन्तुष्टि भने दिन सकेको थिएन। सोही कुराले पिरोलिएकी सरितालाई अहिले सिटिजन लाइफ इन्स्योरेन्सले आम्दानी र आत्मसन्तुष्टि दुवै एकैसाथ दिएको छ।
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ मा जन्मिएकी सरिता खत्री यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा एजेन्सी म्यानेजरको रूपमा आवद्ध भएकी छिन्। कम्पनीको उत्कृष्ट बोनसदर, पर्याप्त तालिम र अनुभवबाट दीक्षित सरिताले बीमा बजारमा आफूलाई साहसी र उत्कृष्ट एजेन्सीको रूपमा उभ्याउन सफल भएकी छिन्।
मिठो बोलीबचन र नम्र तथा भद्र व्यवहारसँगै वित्तीय क्षेत्रको पर्याप्त ज्ञान लिएर अनि सहकारी संस्थाको अनुभवको उपयोग गर्दै सरिताले सिटिजन लाइफमा आबद्ध भएको केही समयमै लोभलाग्दो प्रगति गर्न सफल भएकी हुन्। म्याग्दीका दूर–दराजका गाउँ समाजमा निकै दुःख कष्ट गरी बीमा बिक्री गरिरहेकी छिन् सरिता खत्री ।
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ मा २०४५ सालमा जन्मिएकी सरिता खत्री यतिबेला सिटिजन लाइफ इन्स्योरेन्सको म्याग्दी शाखा कार्यालयबाट बीमा व्यवसाय गरिरहेकी छिन् । शुरुमा जीवन बीमाबारे अनविज्ञ रहेकी उनले २०७५ सालमा अभिकर्ता लाइसेन्स लिएर बीमा व्यवसायको औपचारिक शुरुवात गरेको बताउँछिन् ।

गाउँको सहकारीको काम र खुद्रा पसलमा आफ्नो दिनचर्या कटाइरहेकी सरितालाई उनकै भाउजू मार्फत भेटघाटमा आएका सिटिजन लाइफ इन्स्योरेन्सकै शाखा प्रबन्धकको सल्लाहमा अभिकर्ता पेशामा प्रवेश गरेको सुनाउँछिन्। उनले भनिन्, ‘मलाई शुरुमा जीवन बीमाको बारेमा केही थाहा नै थिएन्। मेरो भाउजू मार्फत मलाई भेट्न आएकी शाखा प्रबन्धक भावना पौडेल म्याम र अर्की अभिकर्ता म्याम विष्णु केशी थापाले धेरै बुझाउनु भयो। पछि मैले मेरो भाईसँग सुझाव लिएपछि बल्ल अभिकर्ता पेशामा आएकी थिएँ।’
‘विस्तारै मैले दैनिक रूपमा सिटिजन लाइफ इन्स्योरेन्सको शाखा कार्यालयमा गएर जीवन बीमाको बारेमा सिक्न थालें। शाखा प्रवन्धक म्यामले पनि तालिम दिनुभयो। मैले करीब दुई महीनाको अवधिसम्म जीवन बीमाको बारेमा तालिम नै लिएँ। सोही तालिमबाट प्राप्त ज्ञान र अनुभवको आधारमा गाउँ समाजका नागरिक र आफन्तहरूलाई जीवन बीमा सम्बन्धी सिकाउँदै अघि बढेकी थिएँ।’
‘मानिसहरूले अचेल बीमाको बारेमा पहिलेभन्दा धेरै बुझेका त छन् तर यता बजार सानो छ। हामीले स–साना बीमा पोलिसी बिक्री गरिरहेका छौं। घरहरू निकै टाढा हुन्छन् । हिंडेरै जानुपर्छ। एक्लै जान पनि सकिंदैन। साथी बनाउँदै आफन्तको सम्पर्कमा रही अर्को गाउँ गएर घरदैलो गर्नुपर्छ।’
गाउँ समाजमा राम्रो छबी बनाएकी तथा सहकारीमा समेत काम गरेको अनुभवले भरीपूर्ण सरितालाई बीमा अभिकर्ता बन्दै गर्दा सफल होला कि नहोला भन्ने भित्री डर त थियो नै तर त्योभन्दा ठूलो आँट, विश्वास र सफल भएरै छाड्ने दृढता पनि उत्तिकै थियो । त्यही दृढताले आज उनलाई सिटिजन लाइफको व्यवसायिक एजेन्सीको परिचय बनाउन सहयोग पुर्याएको छ ।
जीवनमा आइपरेका हजारौं बाधा, अड्चनलाई आत्मसात् गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्सको म्याग्दी शाखाकी अभिकर्ता खत्रीले जीवनको सरल राजमार्गमा आफ्ना पाइला चलाइरहेकी छिन् । बीमा अभिकर्ता पेशा अँगाल्न जति सजिलो छ व्यवसायिक सफलता प्राप्त गर्न पनि त्यति नै अप्ठ्यारो छ र यस्ता अप्ठ्यारासँग जुध्न उनलाई सिटिजन लाइफले निकै सहयोग गरेको छ ।
सानैदेखि पढाईलेखाईमा रुची राख्ने सरिताले २०६६ सालमा म्याग्दी बहुमुखी क्याम्पसबाट १२ कक्षा उत्तीर्ण गरेकी हुन् । वैवाहिक सम्बन्धमा बाँधिए पनि उनको व्यवसायिक जीवन अझै स्वतन्त्र र मजबूत रूपले अघि बढ्दै गइरहेको छ । घर–परिवारको साथ सहयोग पाएकी उनलाई आफन्तहरूले निकै पटक यो काम नगर, बरु पैसा चाहिएको भएपछि हामी दिन्छौं भन्दै गर्दा समेत उनले निरन्तर यही पेशामा आफूलाई अघि बढाएकी छिन् ।
कम्पनीले अभिकर्ताको हौसला र कार्यक्षमता बढाउन समयसमयमा गर्ने गरको तालिम, गोष्ठी र समारोहहरूमा सहभागी हुँदै त्यस्तो कार्यक्रमहरूमा साझा गरिने संघर्षबाट सिक्दै व्यवसायमा आक्रामक रूपले अघि बढिरहेकी छिन् । कम्पनीले ल्याएका विभिन्न व्यवसायिक योजनामा छनौट भएर कैयौं पटक सम्मानित समेत भइसकेकी छिन्।
उनी सिटिजन लाइफ इन्स्योरेन्सकी अभिकर्ता मात्र नभएर आमा बुवाको लागि एक असल छोरी र श्रीमानका लागि एक असल तथा जिम्मेवार श्रीमती पनि बन्न सफल भएकी छिन् । ‘आफ्नो घरपरिवारसँग दुःख सुख बिताउँदै कसैको करकाप सहनु नपर्ने र कुनै लगानी गर्नु नपर्ने, स्वतन्त्र रूपले गर्न सकिने पेशा अभिकर्ता पेशा हो त्यसले नै मलाई यसमा आकर्षित बनाएको हो। यसमा साम दामका साथै इज्जत पनि छ ।’
घर परिवार र श्रीमानको राम्रो साथ सहयोगले सिटिजन लाइफमा चम्किरहेकी सरिता खत्रीले अभिकर्ता पेशाप्रति गौरवान्वित महसूस गरेको अनुभव सुनाउँछिन् । उनले यो ६ वर्षको अवधिमा दुई सय बढी मानिसको बीमा गर्न सफल भएकी छिन् । उनले भनिन्, ‘अभिकर्ताहरूले आम नागरिकलाई उनीहरूको क्षमता तथा आयस्रोतको मूल्यांकनका आधारमा बीमा पोलिसी बिक्री गर्न आवश्यक छ । एकचोटीको मात्र नभएर दीर्घकालीन सोचेर पोलिसी बेच्नु पर्छ ।’

सिटिजन लाइफमा प्रवेश गरेसँगै सरिता खत्रीको जीवनमा आमूल परिवर्तन आएको छ । शुरूमा मानिसहरूसँग कुरा गर्दा समेत खुलेर बोल्न लजाउने उनी अभिकर्ता बनेसँगै आत्मविश्वास बढ्नुका साथै कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ प्रतिस्पर्धासँग जुध्दै उनले काठमाडौं तथा देश–विदेशमा रहेका नागरिकहरूको बीमा गरेर जीवनको जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएकी छिन् ।
जीवन बीमा व्यवसायमा प्रवेशसँगै उनले आफ्नोे सहकारीको काम र पसललाई समेत छोडेर यसै व्यवसायलाई आत्मसाथ गर्दै अघि बढिरहेकी छिन् । उनको टीम बिजनेशमा बढी फोकस गरीरहेकी छिन् । यस अवधिमा सरिताले २८० जनाको टीम बनाउन सफल भएकी छिन् ।
कोरोनाले मानिसहरूलाई आर्थिक संकट निम्त्याएको बताउँदै उनले भनिन्, ‘गाउँ समाजमा मानिसहरूको आर्थिक स्तर अनुसारको बीमा पोलिसी बिक्री गर्ने गरेको छु । मैले शुरुमा जीवन सारथी बीमा योजना धेरै बिक्री गरेकी थिएँ । आजकाल सिटिजन एनुअल मनी ब्याक र सिटिजन शुभारम्भ योजना बिक्री गरिरहेको छु।’
‘जीवन बीमाको सबैभन्दा सुन्दर र महत्वपूर्ण पक्ष भनेको दावी भुक्तानी हो भन्ने सुनकी थिएँ। गत वर्ष माघमा आफूले बीमा गरेको मानिसलाई १० लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गर्दा बल्ल महसूस गर्न पाएँ । मलाई त्यतिबेला आफ्नो प्रति निकै गौरवान्वित महसूस गरेकी थिएँ।
खुशी हुदै भनिन्, ‘मलाई यस पुन्य कार्यमा हुर्काउन, बढाउन सहयोग गर्नु भएकोमा सिटिजन लाइफ इन्स्योरेन्सको म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदी तत्कालीन क्षेत्रीय शाखा प्रमुख दिपेन्द्र शर्मा लम्साल ए्वम सीबिओ सुनिल प्रोखरेल सर लागायत म्याग्दी शाखाको सम्पुर्ण कर्मचारी र मेरा बीमित हरुमा हृदयदेखि धन्यवाद दिन चाहेकी छु ।’













