नेरुडे मिर्मिरे लघुवित्तका उच्च व्यवस्थापकसहित ४ दर्जन कर्मचारीद्वारा राजिनामा

२४ मंसिर २०८२, बुधबार १७:३८

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कामू प्रमुख कार्यकारी अधिकृत भाग नारायण साहुसहित ५१ जना कर्मचारीहरुले राजिनामा दिएका छन् । मर्जर विवादमै अल्झिएको नेरुडे मिर्मिरे लघुवित्तले भिआरएस अफर ल्याएर कर्मचारीहरुलाई राजिनामा दिन लगाउँदै बिदा गरेको हो ।

कम्पनीमा तत्कालिन नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तका कर्मचारीहरुबीच पनि लामो समयसम्म विवाद उत्पन्न भएको थियो । सो विबाद अहिले सम्म सेलाएको छैन् । कर्मचारी संगठनले विभिन्न समयमा आन्दोलन गर्दै देशभरी शाखा कार्यालय बन्द गर्ने र व्यवस्थापनसँग सम्झौता गर्दै पन्छिने गरेको छ ।

कम्पनीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत भेषराज बस्यालले पनि कम्पनी भित्रको विवाद सुल्झाउन नसकेरै विदा भएका छन् । उनको नेतृत्वले आन्दोलित कर्मचारीहरुलाई सम्झौता गराउने र दराजमा थन्काउने बाहेक अरु केही पनि नभएको कर्मचारीहरु बताउँछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*