लाभांश पारित गर्न महालक्ष्मी विकास बैंकले बोलायो साधारणसभा

२५ मंसिर २०८२, बिहीबार ०८:४५

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले पुस २१ गते सोमबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजे २४औं वार्षिक साधारणसभा बोलाएको छ।

साधारणसभाले हाल कायम चुक्ता पूँजीको ५.३७ प्रतिशत नगद लाभांश (कर समेत) र ५ प्रतिशत बोनस शेयर गरी कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।

त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक र सर्वसाधारण समूहबाट ३/३ गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, कर्पाेरेट भवन बनाउन जग्गा वा भवन खरीद गर्ने र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस ६ गते आइतबारसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस बैंकको शेयर खरीद गर्ने शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*