शेयरधनीको हात रित्तो पार्दै जानकी फाइनान्सले बोलायो साधारणसभा

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले पुस १९ गते शनिबार जनकपुरको मसाला कटेजमा बिहान ८ बजे २७औं र २८औं वार्षिक साधारणसभा बोलाएको छ।
लाभांश घोषणा नगरी शेयरधनीका हात रित्तो पार्दै साधारणसभा बोलाएको यस कम्पनीले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान वा वैदेशिक रणनीतिक साझेदारीमा जान आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
साथै आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष ०८०/८१ र ०८१/८२ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति र अनुमोदन स्वीकृत गर्नेछ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस ८ गतेदेखि १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ बुक क्लोजको आधारमा पुस ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै उक्त साधारणसभामा भाग लिन सक्नेछन्।













