सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा २५ प्रतिशत नगद लाभांश घोषणा
२६ मंसिर २०८२, शुक्रबार १०:१८

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँको २५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।
यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सम्बन्धित शेयरधनीहरूमा वितरण गरिने कम्पनी सचिव सुदर्शन आचार्यले जानकारी दिएका छन्।
1765512994925












