सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने लगातार चौथो पटक टीओटी छनौट

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी वरिष्ठ एजेन्सी म्यानेजर नमिता न्यौपाने सन् २०२६ को टीओटी छनौट भएकी छिन् । आम अभिकर्ताहरु एमडीआरटी बन्न दिन–रात संघर्ष गरिरहेका छन् तर न्यौपाने चाँही एमडीआरटी भन्दा ६ गुणा बढीको बीमा व्यवसाय गरेर लगातार चौथो पटकसहित सन २०२६ को टीओटी बन्न सफल भएकी हुन् ।
पटक–पटक एमडीआरटी–सीओटी–टीओटी सम्मको यात्रा पार गर्न सफल भएकी न्यौपाने कम्पनीको सर्वोत्कृष्ठ आकाश क्लव बिजेता र कम्पनीको व्यक्तिगत र सामुहिक कोडमा सर्वाधिक व्यवसाय गर्न सफल महिला हुन् ।

जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी विराटनगरकी समाजसेवी नमिता न्यौपानेले छोटो अवधीमा नै आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा परिचय बनाउन सफल भएकिछिन् । उनले गाउँका हजारौ मानिसहरुको बीमा गर्दै उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेकिछिन् ।













