नेपाल लाइफ इन्स्योरेन्सबाट तीन जना सीओटीसहित ११० एमडीआरटी छनौट

काठमाडौं । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी नेपाल लाइफ इन्स्योरेन्सका ११० जना अभिकर्ताहरुले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।
कम्पनीका हजारौं अभिकर्ताहरुलाई पछि पार्दै नेपाल लाइफका अभिकर्ताहरुले एमडीआरटीको लागि तोकीएको व्यवसायीक लक्ष्य पुरा गर्दै सन् २०२६ को एमडीआरटीमा छनौट भएका हुन् । कम्पनीले आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धिका साथै विभिन्न कार्यक्रम आयोजना गरेर हौसला समेत प्रदान गर्दै आएको छ ।
सन् २०२६ को एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल भएका अभिकर्ताहरुलाई केन्द्रिय कार्यालय तथा विभिन्न देश भरीका शाखा कार्यालयहरुले उत्सवका साथ मनाएर धन्यवाद तथा बधाई ज्ञापन गर्दै आएका छन् ।
नेपाली जीवन बीमा क्षेत्रको अग्रणी कम्पनीको नेपाल लाइफ इन्स्योरेन्स । नेपाल लाइफ इन्स्योरेन्समा हाल हजारौं अभिकर्ताहरु सक्रिय रही व्यवसाय गरिरहेका छन् ।












