प्रभु महालक्ष्मी लाइफका आर्यन खान सन् २०२६ को सीओटी लक्ष्य चुम्न सफल

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख एजेन्सी प्रबन्धक आर्यन खान सन् २०२६ को सीओटी लक्ष्य चुम्न सफल भएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका आर्यन खान सन् २०२५ र २०२६ मा सीओटी लक्ष्य हासिल गर्न सफल भएका हुन् ।
साथै, उनले २०२२, २०२३ र २०२४ लगातार एमडीआरटी तथा त्यसपछि २०२५ र २०२६ मा सीओटी हासिल गर्दै निरन्तर उत्कृष्टताको उदाहरण प्रस्तुत गरेका छन् । सीओटी लक्ष्य हासिल गरेका अभिकर्ता आर्यन खानले भने, ‘यो उपलब्धि मेरो व्यक्तिगत प्रयासको मात्र परिणाम होइन। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्पूर्ण परिवार, मेरा कोचहरू, मार्गदर्शकहरू, वरिष्ठ नेतृत्व, टिमका सदस्यहरू तथा सबैभन्दा महत्वपूर्ण—माथि विश्वास गर्नुहुने मेरा आदरणीय ग्राहकहरूको सहयोग बिना यो सम्भव हुने थिएन। म सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
आर्यन खानको यो उपलब्धिले नेपालजस्तो उदीयमान बजारबाट पनि विश्वस्तरीय सफलता सम्भव छ भन्ने सन्देश प्रवाह गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थागत प्रतिष्ठा थप सुदृढ बनाएको छ।












