सानिमा रिलायन्स लाइफका ३९ जना अभिकर्ता सन् २०२६ को एमडीआरटी लक्ष्य चुम्न सफल

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तीन दर्जन अभिकर्ताले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् ।
अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी कम्पनीले कुल ३९ जना अभिकर्ताहरु एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।
कम्पनीका हजारौं अभिकर्ताहरुलाई पछि पार्दै कम्पनीका ३९ जना अभिकर्ताले वर्षदिनमा ५३ लाख रुपैयाँबढीको व्यवसाय गरी सन् २०२६ को एमडीआरटी लक्ष्य पुरा गरेका हुन् । जसमा कम्पनीबाट १ जना अभिकर्ताले टीओटी र १ जनाले सीओटी लक्ष्य हासिल गरेका छन् ।
कम्पनीले आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धिका साथै विभिन्न कार्यक्रम आयोजना गरेर हौसला समेत प्रदान गर्दै आएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न समयमा राष्ट्रिय कलाकारको प्रस्तुली तथा विभिन्न अभिकर्ता विशेष योजना ल्याउँदै प्रोत्साहन गर्दै आएको छ ।












