हिमालयन लाइफकी सोनु बराल सन् २०२६ को पहिलो वान डे इमरजिन स्टारको अवार्ड हात पार्न सफल

२३ पुष २०८२, बुधबार १६:५२

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड भैंसेपाटी शाखामा कार्यरत एजेन्सी म्यानेजर सोनु बरालले २०२६ पहिलो वान डे इमरजिन स्टारको अवार्ड हात पारेकी छिन् । सो अवार्ड एक महिनाको टार्गेट उनले एकैदिनमा पुरा गरेर नयाँ रेकर्ड राख्न सफल भएकी हुन् ।

उनको आगामी दिनहरुमा २०२६ को पहिलो एमडीआरटी बन्ने लक्ष्य रहेको छ । उनले सबै अभिकर्ताहरुले हरेक नेपालीको घर परिवारमा बीमा अभियान गरेर प्रत्येक व्यक्ति आर्थिक हिसाबले बलियो र सुरक्षित हुनुपर्ने कुरा धारणा व्यक्त गरेकी छिन् ।

‘यो रेकर्ड कायम गर्नको लागि भैंसेपाटी शाखा प्रमुख हरि बस्नेत सरले हरेक समयमा महत्वपूर्ण साथ, सहयोग गरेर नै रेकर्ड कायम गर्ने सहयोग भएको हो ।’ उनले भनिन् । साथै, उनको साथी भैंसेपाटी शाखामा कार्यरत एमडीआरटी प्रगति थापाले पनि धेरै ठुलो साथ र सहयोगले रेकर्ड राख्न सम्भव भएको उनले बताइन् ।

उनले आगामी दिनहरुमा पनि यस्तै साथ सहयोगको आशा गरेको बताइन् । हिमालयन लाइफलाई र मलाई विश्वास गरेर बीमा अभियानमा साथ सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेकी छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*