अभिकर्ता सँघद्वारा आयोजित हिमालयन लाइफ इन्स्योरेन्सको सीओटी–एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

२८ पुष २०८२, सोमबार १६:२७

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफ इन्स्योरेन्स बागमती प्रदेशले सीओटी र एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम पौष २८ गते अर्थात आज ललितपुरमा रहेको महालक्ष्मी पार्टी भेन्यूमा भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रमको सभापति चिरञ्जीवी गजुरेल पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बाग्मती प्रदेश, प्रमुख अथिती पेशागत बीमा अभिकर्ता संघ नेपालको केन्द्रिय उपाध्यक्ष दामोदर गौतम, बिशिष्ठ अथिती हिमालयन लाइफ इन्स्योरेन्स बाग्मती प्रदेश प्रमुख हरि शर्मा पौडेल, बिशिष्ठ अतिथिहरु केन्द्रीय सचीव अम्बिका गौतम, नानीमाया सापकोटा, बीमक उपाध्यक्ष अष्ट बहादुर श्रेष्ठ तथा अतिथिहरु बाग्मती प्रदेश उपप्रमुख जितेन्द्र साह, सचीव प्रल्हाद तिमल्सिना,  कोषाध्यक्ष त्रीलोचन विश्वकर्मा,सह कोषाध्यक्ष COT रबिन्द्र तिमल्सिना, सदस्य नबराज बोलखे, प्रदेश समितिका सदस्यह रू, शाखा समितिका अध्यक्ष हरु ,COT,MDRT हरुको उपस्थिति थियो।

साथै कार्यक्रम अभिकर्ता संघठनको तर्फबाट हिमालयन लाइफमा बाग्मती प्रदेशले पहिलो पटक भव्य तरिकाले सुरुवात गरेर अन्य प्रदेशलाई पनि हौसला प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*