निजी व्यवसायसँगै जीवन बीमालाई अघि बढाउँदै सिटिजन लाइफका सुनिल (भिडियोसहित)

राजन कठायत
२१ माघ २०८२, बुधबार १७:१२

मानिसले जब अन्तरहृदयबाट आफू, परिवार अनि समाजको मात्रै हितभन्दा माथि पुगेर सिंगो देश र मानव समाजको विकासबारे सोच्छ तब अनेकन यात्राहरु गर्न बाध्य हुन्छ । सानैदेखि समानता, न्याय र सार्वजनिक हितको सपना देखेका सुनिल श्रेष्ठ यतिबेल बीमा अभिकर्ता बनेर समाजको हितमा काम गरीरहेका छन् ।

रुपन्देही जिल्लाको बुटवल उप–महानगरपालिका–६ मा जन्मिएका सुनिल यतिबेला सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरका रुपमा आवद्ध छन् । सिटिजन लाइफकोे उत्कृष्ट बोनसदर, पर्याप्त तालिमबाट दीक्षित सुनिल छोटो अवधिमै उत्कृष्ट एजेन्सीका साथै बीमा सचेतना फैलाउन निकै सफल भएका छन् ।

भद्र व्यवहारका साथै मिठो बोलीबचन र आफ्नो बोलीमा अडिग रहने स्वभावसँगै वित्तीय क्षेत्रको पर्याप्त ज्ञान लिएर सानैदेखि आफ्नै व्यवसाय सञ्चालन गरेको अनुभवको उपयोगबाटै सुनिलले अभिकर्ता पेशामा आबद्ध भएको केही समयमै लोभलाग्दो प्रगति गर्न सफल भएका हुन् ।

नेपालको राजधानी पछिको दोस्रो व्यस्त सहर बुटवलमा ‘सत्यवती फ्रुट्स एण्ड भेजिटेवल्स सप्लायर्स’ सञ्चालन गर्दै आएका उनी एक सफल र क्षमतावान विजनेसम्यानको परिचय बनाएका छन् । आर्थिक रुपले पनि आफ्नै व्यवसायबाट राम्रो आम्दानी गरिरहेका सुनिलले बीमा व्यवसायबाट आर्थिक आम्दानीका साथै आत्मसन्तुष्टि कमाएका छन् ।

आफ्नै व्यवसायमा मस्त बनेका सुनिल शूरुमा जीवन बीमाप्रति त्यति सकारात्मक थिएनन् । उनकी श्रीमती सिटिजन लाइफमा एजेन्सी बनेर काम गरिरहेकी थिईन् । जीवन बीमाप्रति सकारात्मक हुन नसकेका सुनिलले जब जीवन बीमाबारेमा राम्रोसँग बुझ्ने र यसबाट जनताले पाउने फाइदाबारे बुझेपछि अब जनताको सेवा गर्ने अर्को माध्यम जीवन बीमा रहेछ भन्दै बीमातर्फ उनका पाइला अघि बढेका छन् ।

‘म खासै शुरुमा जीवन बीमाप्रति त्यति सकारात्मक थिएन् । मेरो श्रीमतीले मलाई यो पेशामा आवद्द हुन प्रेरणा दिइन एकदिन पोलिसी नविकरणको क्रममा म कार्यालय गएको थियं श्रीमतिले मलाई तालिममा बस्न लगाइन् र मैले यसबारे धेरै बुझ्ने माका पाए र सबै मनमा रहेका नकारात्मक धारणा सकिएपछि अभिकर्ता पेशालाई आंगालेको थिए ।’

आफ्नो श्रीमतीको कामको तारिफ गर्दै उनले भने, ‘मेरो श्रीमती एकदमै जिम्मेवार छ । चलाख छ । गाउँ समाजमा एक सक्षम नारीको रुपमा आफ्नो परिचय बनाएको छ ।’ उनले थपे, ‘मलाई नविकरणको बाहाना बनाएर अभिकर्ताबारे बुझाउँन र अभिकर्ता बनाउँन जाल बुनेको कुरा बताइन् र मलाई पछि यो कुरा सुन्दा एकदमै रमाइलो लागेको थियो । जसरी भएनी मैले यसबारे जानेर आफ्नो जीवनमा कसैको भलो गर्ने मौका पाए ।’

व्यवसायीक पहुँच र अनुभवले भरीपूर्ण सुनिललाई बीमा अभिकर्ता बन्दै गर्दा सफल होला कि नहोला भन्ने भित्री डर त थियो नै तर त्योभन्दा ठूलो आँट, विश्वास र सफल भएरै छाड्ने दृढता पनि उत्तिकै थियो । त्यही दृढताले आज उनलाई सिटिजन लाइफको व्यवसायिक तथा टप एजेन्सीको परिचय बनाउन सहयोग पुर्याएको छ ।

जीवनमा आइपरेका हजारौं बाधा, अड्चनलाई आत्मसात् गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाका अभिकर्ता श्रेष्ठले जीवनको सरल राजमार्गमा आफ्ना पाइला चलाइरहेका छन् । बीमा अभिकर्ता पेशा अँगाल्न जति सजिलो छ व्यवसायिक सफलता प्राप्त गर्न पनि त्यति नै अप्ठ्यारो छ र यस्ता अप्ठ्यारासँग जुध्न उनलाई सिटिजन लाइफ इन्स्योरेन्स र उनकी श्रीमतीले निकै सहयोग गरेकी छिन् ।

उनी सिटिजन लाइफ इन्स्योरेन्सको अभिकर्ता मात्र नभएर आमा बुवाको लागि एक असल छोरा र श्रीमातीका लागि एक असल तथा जिम्मेवार श्रीमान पनि बन्न सफल भएका छन् । ‘आफ्नो घरपरिवारसँग दुःख सुख बिताउँदै कसैको करकाप सहनु नपर्ने र कुनै लगानी गर्नु नपर्ने, स्वतन्त्र रूपले गर्न सकिने पेशा अभिकर्ता पेशा हो त्यसले नै मलाई यसमा आकर्षित बनाएको हो। यसमा साम दामका साथै इज्जत पनि छ ।’

घर परिवार र श्रीमतीको राम्रो साथ सहयोगले सिटिजन लाइफमा चम्किरहेका सुनिल अभिकर्ता पेशाप्रति गौरवान्वित महसूस गरेको अनुभव सुनाउँछन् । उनले तीन वर्षको अवधिमा दुई सयबढी मानिसहरुको बीमा गर्न सफल भएका छन् । उनले भने, ‘अभिकर्ताहरूले आम नागरिकलाई उनीहरूको क्षमता तथा आयस्रोतको मुल्यांकनका आधारमा बीमा पोलिसी बिक्री गर्न आवश्यक छ । एकचोटीको मात्र नभएर दीर्घकालीन सोचेर पोलिसी बेच्नु पर्छ ।’

आम नागरिकहरुलाई जीवन बीमाबारे राम्रोसँग सम्झाउन र बुझाउन सकेको खण्डमा उनीले जीवन बीमा गर्न राजि हुने गरेको उनी बताउँछन् । ‘गाउँ समाजमा जतिसुकै विकास भएपनि बीमाबारे अझै केही नकारात्मक धारणा रहेको छ । हामीले बीमाबारे सम्झाउँदा अनावश्यक कुरा भन्दापनि तथ्यगत रुपमा राम्रोसँग सिकाएको खण्डमा नागरिकहरु यसबारे सकारात्मक हुन्छन् । अहिले पैसा छैन् र भएको खण्डमा गर्छु भन्दै पैसा भएपछि बोलाएर समेत बीमा गरेका छन् ।’

सिटिजन लाइफ इन्स्योरेन्समा प्रवेश गरेसँगै सुनिलको जीवनमा आमूल परिवर्तन आएको छ । अभिकर्ता बनेसँगै आत्मविश्वास बढ्नुका साथै कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ प्रतिस्पर्धासँग जुध्दै उनले बुटलव तथा देश–विदेशमा रहेका नागरिकहरूको बीमा गरेर उनीहरुको जीवनको जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएका छन् ।

आउँदो दिनमा पनि अभिकर्ता पेशामै आवद्ध भएर नागरिकहरुको सेवामा तल्लिन रहने उनी सुनाउँछन् । देशभरी छरिएर रहेको सा–सानो रकम जीवन बीमाको माध्यमबाट संकलन गरी देश विकासमा महत्वपूर्ण भुमिका निर्वाहका साथै आउँदो दिनमा बीमा सचेतना अभियान सञ्चालन गरी अघि बढ्ने धारणा व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*