नियामकको नजरमा २१ बीमक कारोबारयोग्य, कुन–कुन कम्पनीमा लगानी सुरक्षित?

२८ माघ २०८२, बुधबार १६:२६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २९ बीमा कम्पनीहरुमध्ये २१ बीमा कम्पनीहरु धितोपत्र व्यापारीहरुको लागि कारोबार योग्य रहेका छन् । नेप्सेले बुधबार सार्वजनिक सो सूचीमा १० वटा जीवन बीमा कम्पनी र ११ वटा निर्जीवन बीमा कम्पनीहरु लगानीको लागि योग्य रहेको देखिएका हुन् ।

धितोपत्र व्यापारी (स्टक डिलर) कार्य संचालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२) बमोजिम मापदण्ड पुरा गरेका कम्पनीहरुलाई नेप्सेले कारोबार योग्यको सूचीमा समावेश गरेको छ । समयमै वार्षिक साधारण सभा सम्पन्न गर्ने, वित्तीय विवरण तोकीएको अवधिमा सार्वजनिक गर्ने, वित्तीय पारदर्शीता अवलम्बन गरेका र नियमनकारी निकायको परीधि पालना गरेका कम्पनीहरु लगानीयोग्य सूचीमा परेका हुन् ।

जीवन बीमा कम्पनीहरु तर्फ एशियन लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, एलआइसी नेपाल, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइपफ इन्स्योरेन्स लगानी कारोबारको लागि योग्य रहेका छन् । यी बाहेक सूचीकृत रही कारोबार गरीरहेका कम्पनीहरुमध्येमा आइएमई लाइफ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेनस लगानीयोग्य कम्पनीहरुको सूचीमा समावेश गरिएका छैनन् ।

साथै, निर्जीवन बीमा कम्पनीतर्फ हिमालयन एभरेष्ट इन्स्योरेन्स, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र सानिमा जिआइसी इन्स्योरेन्स कारोबारयोग्य कम्पनीको सूचीमा परेका छन् । निर्जीवन बीमा कम्पनीहरुमा नेपाल इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी कारोबारयोग्य कम्पनीहरुको सूचीमा परेका छैनन् । नियामकीय निर्देशन तथा कानुन पालना नगर्दा सो कम्पनीहरु सूची बाहिर पर्न गएका हुन् ।

नेप्सेले सार्वजनिक गरेको उक्त सूचीमा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स पर्न सकेका छैनन् । जसका कारण लगानीकर्ताहरुले यी कम्पनीहरुमा कारोबार गर्दा निकै सोचेर गर्नुपर्ने देखिएको छ । पुनर्बीमा कम्पनीहरुले समयमै वार्षिक साधारणसभा तथा वित्तीय विवरण समेत प्रकाशन नगर्ने लगायत वित्तीय पारदर्शीताका विषयले कारोबारयोग्य कम्पनीहरुको सूचीमा पर्न नसकेको विश्लेषकहरु बताउँछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*