बजार राताम्य हुँदा समेत यी १० कम्पनीको शेयर मूल्यमा देखियो चमक
५ फाल्गुन २०८२, मंगलवार १५:१३

काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले घटेको छ । बजार घटेपनि केहि कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.७५ अकंले घटेर २६४२.१५ बिन्दुमा कायम भएको छ । आज ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको हो ।
आज सालपा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, रिलायन्स मिल्सको ९.६४ प्रतिशत, बुद्धभुमी नेपालको ८.३९ प्रतिशत, त्रिशुली जलविद्युतको ६.३१ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको ५.९५ प्रतिशतले शेयर मूल्य बढेको छ ।













