खत्रीको नेतृत्वमा पेशागत बीमा अभिकर्ता संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

२८ चैत्र २०८२, शनिबार १८:४६

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालकाे आठौँ राष्ट्रिय महाधिवेशनबाट ओम बहादुर खत्रीको नेतृत्वमा नयाँ कमिटी गठन भएको छ। चैत २७ र २८ गते सम्पन्न महाधिवेशनले निर्विरोध रुपमा समिति गठन गरेको हो ।

निर्वाचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा दिपक अर्याल निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्ष पदका सातै जना महेशदत्त भट्ट, दामोदर गौतम, देवी प्रसाद शर्मा जैशी, शंकर बहादुर कुँवर, सूर्य बहादुर भट्टराई, धुवं गिरी र श्याम प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन्।

महासचिवमा कल्याण विक्रम पाँडे चयन भएका छन्। सचिव (खुल्ला) तर्फ बसन्त विक्रम कुँवर र अम्बिका गौतम निर्विरोध निर्वाचित भएका छन् भने सचिव (महिला) मा सीता दाहाल चयन भएकी छन्। कोषाध्यक्षमा नानी माया सापकोटा र सह–कोषाध्यक्ष (महिला) मा दुर्गा कुमारी भट्टराई निर्विरोध निर्वाचित भएका छन्।

सदस्य (खुल्ला) तर्फ १४ जना मष्टि प्रसाद जैशी, ज्ञान प्रसाद पौडेल, कृष्ण बहादुर रिमाल, घनश्याम बुढाथोकी, गोविन्द प्रसाद गिरी, गोमान सिंह रावत, इन्द्र बहादुर थापा, दिपक कुमार लामिछाने, राजु भण्डारी, हरि शरण शिवाकोटी, मदन प्रसाद यादव, निरज कुमार भट्ट, हल्ली प्रसाद गड्तोला र महेन्द्र प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन्।

सदस्य (महिला) तर्फ रविना केसी अधिकारी, खुमा कुमारी बुढा, गंगा कुमारी शर्मा पराजुली, लिला अधिकारी, नान माया खड्का, सुभद्रा अधिकारी र सरस्वती गौतम निर्विरोध निर्वाचित भएका छन्। यस्तै सदस्य (दलित, जनजाति, आदिवासी, मधेसी) तर्फ अर्जुन राई र रोशन यादव निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन प्रक्रिया अधिवक्ता मदन रेग्मीको प्रमुख निर्वाचन अधिकृतको नेतृत्वमा सम्पन्न भएको हो भने अधिवक्ता सुरेन्द्र सिंह ऐर र अधिवक्ता रामहरी रेग्मी सहायक निर्वाचन अधिकृतको रुपमा रहेका थिए।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*