नेपाल लाइफद्वारा पेशागत बीमा अभिकर्ता संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना

काठमाडौँ । पेशागत बीमा अभिकर्ता संघ नेपालका नवनिर्वाचित पदाधिकारीलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बधाई तथा शुभकामना व्यक्त गरेको छ । सोमबार एक कार्यक्रमका बीच नेपाल लाइफले नवनिर्वाचित सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना आदान–प्रदान गरेको हो ।
चैत २७ र २८ गते सम्पन्न संघको आठौँ राष्ट्रिय महाधिवेशनबाट ओम बहादुर खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध रूपमा गठन भएको थियो ।
सो अवसरमा जीवन बीमक संघ नेपालका अध्यक्ष तथा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले नवनिर्वाचित पदाधिकारीहरूलाई खादा तथा माला लगाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

संघको वरिष्ठ उपाध्यक्षमा दिपक अर्याल रहेका छन् । त्यस्तै उपाध्यक्ष पदमा महेशदत्त भट्ट, दामोदर गौतम, देवी प्रसाद शर्मा जैशी, शंकर बहादुर कुँवर, सूर्य बहादुर भट्टराई, धुवं गिरी र श्याम प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी महासचिवमा कल्याण विक्रम पाँडे चयन भएका छन् । सचिव (खुल्ला) तर्फ बसन्त विक्रम कुँवर र अम्बिका गौतम निर्विरोध निर्वाचित भएका छन् भने सचिव (महिला) मा सीता दाहाल चयन भएकी छन् ।
त्यस्तै कोषाध्यक्षमा नानी माया सापकोटा र सह–कोषाध्यक्ष (महिला) मा दुर्गा कुमारी भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
खत्रीको नेतृत्वमा पेशागत बीमा अभिकर्ता संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित











