मध्य भोटेकोशी जलविद्युतको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटलल लि. लाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सोसम्बन्धमा आज मध्य भोटेकोशी जलविद्युत कम्पनी लि. कोकेन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा कम्पनी र क्यापीटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएकोछ ।सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राम गोपाल शिवाकोटी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पारस मणी ढकालले हस्ताक्षर गर्नुभएकोछ ।
सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीकोअधिकृत पुँजी रु. ६ अर्ब २१ करोड तथा जारी पुँजी रु. ६ अर्बरहेकोछ । सर्वसाधारण समुहतर्फ छुट्याइएको ४९ प्रतिशत शेयरमध्येकर्मचारी संचय कोषमा रकम संचय गर्ने संचयकर्ता कर्मचारीहरु, संस्थापक शेयरधनी संस्थाहरु क्रमशः चिलिमे जलविद्युत कम्पनी लि., नेपाल विद्युत प्राधिकरण, नेपाल अरनिको हाइड्रोपावर लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा. लि., सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि. तथा सिन्धुभोटेकोशी हाइड्रोपावर लि. र ऋणदाता संस्था कर्मचारी संचय कोषका कर्मचारीहरुलाई प्रथम चरणमा २४ प्रतिशत शेयर यस अघि नैनिष्कासन गरी मिति २०७५/०९/.०५ मा बाँडफाँट गरिसकिएको छ ।
बाँकि २५ प्रतिशत शेयरमध्ये आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाहरुको लागि १० प्रतिशत अर्थात रु. ६० करोड र सर्वसाधारणको लागि १५ प्रतिशत अर्थात रु. ९० करोड बराबरको शेयर हालै मात्र सार्वजनिक निष्कासन गरी बाँडफाँट समेत गरिसकिएकोछ ।













