‘चुपचाप तमसूक फाड’ नारासहित मिटरब्याज पीडित काठमाडौँतर्फ
२८ असार २०८३, आईतवार १२:३९

काठमाडौँ । जनकपुरबाट असार २५ गते सुरु भएको मिटरब्याजविरुद्धको पैदल न्याय मार्च आज चौथो दिन लालबन्दीबाट अगाडि बढेको छ। राज्यलाई आफ्नो मागप्रति गम्भीर बनाउन र हकअधिकारको सुनिश्चितताका लागि सुरु गरिएको यो यात्रा काठमाडौँ नपुगेसम्म नरोकिने आयोजकहरूले बताएका छन्।
मार्चमा सहभागी सयौँ मिटरब्याज पीडितहरूले ‘चुपचाप तमसूक फाड’ र ‘अधिकार माग्न काठमाडौँ जान पर्दैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्। उनीहरू दैनिक करिब २० देखि २६ किलोमिटर पैदल यात्रा गर्दै राजधानीतर्फ अघि बढिरहेका छन्।
आयोजकहरूका अनुसार सरकारले यसअघि चारपटक विभिन्न सहमति गरे पनि ती कार्यान्वयन नभएकाले दबाब सिर्जना गर्न पुनः पैदल न्याय मार्च सुरु गरिएको हो। उनीहरूले करिब एक साताभित्र काठमाडौँ पुग्ने लक्ष्य राखेका छन्।











