म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत घुस सहित रंगेहात पक्राउ

२० श्रावण २०८३, बुधबार ०९:१८

काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित रंगेहात पक्राउ गरेको छ ।

सूचना प्रविधि अधिकृत तामाङले भुक्तानी रकमको कमिसनमा ‘बार्गेनिङ’ गर्दै पटकपटक दुःख हैरानी दिई घुस मागेको भन्ने सूचना प्राप्त भएपछि अख्तियारको टंगालस्थित मुख्य कार्यालयबाट टोली खटिएर गएको थियो ।

अख्तियारको उक्त टोलीले निगरानी गरिरहेकै बेलामा तामाङले सेवाग्राहीबाट घुस बापत एक लाख रुपैयाँ लिएपछि नियन्त्रणमा लिएको हो । तामाङलाई काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुबाट साउन १८ गते घुस रकम सहित पक्राउ गरी विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*