रौतहटमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिंदा आगलागी, चालक सकुशल
२१ श्रावण २०८३, बिहीबार ०९:३९

काठमाडौं । रौतहटको गजुरा नगरापलिका–३ धनसार पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको एउटा ट्याङ्कर सडको किरानमा पल्टिंदा आगलागी भएको छ ।
बिहाज करिब साढे ५ बजे अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको उक्त ट्याङ्कर सडकमा अचानक आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिदा आगलागी भएर पूर्णरुपमा नष्ट भएको हो ।
दमकलको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ भने घटनाबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीका कारण केहीबेर अवरुद्ध भएको सडक अहिले भने सञ्चालनमा आएको छ । ट्याङ्कर चालक बाराका २५ वर्षीय समिर गुरुङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।











