बसुन्धरामा अचेत फेला परेका पुरुषको मृत्यु, पोष्टमार्टम गरिंदै

२१ श्रावण २०८३, बिहीबार ०९:४७

काठमाडौं । काठमाडौंको बसुन्धरामा हिजो बुधबार साँझ अचेत अवस्थामा फेला परेका एकजना पुरुषको मृत्यु भएको छ ।

गोर्खा घर भई हाल काठमाडौंको टोखामा बस्दै आएका ४२ वर्षीय धनराज थापा हिजो साँझ बसुन्धारामा अचेत अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको छ । उनी अचेत अवस्थामा फेला परेको तथा मृत्युको कारणबारे हाल खुलिनसकेको र शव पोष्टमार्टम गरेपछि मात्रै थप कुरा खुल्ने महानगरीय प्रहरी वृत्तले जानकारी दिएको छ । उनको शव पोष्टमार्टमको तयारी भइरहेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*