शुक्रबार बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
२२ श्रावण २०८३, शुक्रबार १०:४७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ९०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ५४ हजार ५४५ रुपैयाँ तोकिएको छ ।
यता,चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला चार हजार ५८० रुपैयाँमा किनबेच भइरहेको हो ।











