आज अन्तर्राष्ट्रिय आदिवासी दिवस, मौलिक पहिचान र अधिकार सुनिश्चित गर्न माग

काठमाडौं । आज विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइँदैछ । २३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्रसंघको साधारणसभाले ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवका रूपमा मनाउने निर्णय गरेको हो ।
आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मनाउने गरिन्छ । हरेक वर्ष नेपालसहित विश्वका विभिन्न मुलुकमा आदिवासी समुदायको अधिकार, समान सहभागिता र समावेशी विकासका विषयमा छलफल तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि आदिवासी जनजाति समुदायले आफ्नो मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षणसँगै राज्यका हरेक तहमा समान सहभागिता र अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिँदै आएका छन् ।











