आकासियो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
२४ श्रावण २०८३, आईतवार १०:५२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तीन लाखमाथि पुगेको छ । सुन आज तोलामा चार हजार ८०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम सुनको मूल्य भने दुई लाख ५८ हजार ६०० रुपैयाँमा कायम भएको छ ।
यता, चाँदीको मूल्य आज ६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भईरहेको छ ।











